काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव ५८ अंकले उकालो लागेर २५ सय ८८ दशमलव ३५ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० प्रतिशतले बढेर चार सय ६३ दशमलव ४३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार नौं सय ५७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब नौं करोड २९ लाख ४८ हजार छ सय ९० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, जलबिद्युत, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेपनि फाईनान्स, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।