काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।
मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए भने स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्तालाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ताहरू छनौट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभिकर्ताहरू छनौट हुन सफल भएकाले यो योजना अत्यन्तै सफल भएको बताउँदै यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृतरूपमा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्षरूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।