काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले ’बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ को अवार्ड प्राप्त गरेका छन् । ग्लोबल बैंकिङ एन्ड फाइनान्स अनलाइन म्यागाजिनले दास्तिदारलाई ’बैंकिङ लिडससिप अवार्ड’अन्तर्गत सम्मान गरेको हो ।
ग्लोबल बैंकिङ एन्ड फाइनान्स अनलाइन म्यागजिनले विभिन्न मुलुकका छ प्रमुख कार्यकारी अधिकृतलाई ’बैंकिङ लिडरसिप अवार्ड’ प्रदान गरेको छ । ग्लोबल बैंकिङ एन्ड फाइनान्स अनलाइन म्यागजिन दुई सयभन्दा बढी मुलुकमा पढिने म्यागाजिन हो । भारतको ए एन्ड जे ग्रिनलेजबाट करिअर सुरुवात गरेका दास्तिदारसँग ३० वर्ष लामो बैंकिङ अनुभव रहेको छ । उनले यसअघि श्रीलंका र फिलिपिन्समा पनि बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए ।