काठमाडौं । कुमारी बैंक भिसा इन्टरनेसनद्वारा दुई वटा विधामा सम्मानित भएका छन् । बैंकका अनुसार यही असोज चार गते भिसा इन्टरनेसनद्वारा लिडरसिप कन्क्लेभ नेपाल २०२४ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित लिडरसिप कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेसनद्वारा कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेसस अवार्डहरूले सु–सम्मानित गरिएको हो ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।