काठमाडौं । २१औँ संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१ असोज ५ मा महाकाव्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको महालक्ष्मी विकास बैंकले जानकारी दिएको छ । तत्कालीन यति फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको)बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ विसं २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संयुक्तरूपमा प्रदान गरेका हुन । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।