काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्र्यक्रम सम्पन्न गरेको छ । बैंकले यही असोज ११ गते आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर छ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी तीन सय ९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरूलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दैजाने प्रतिबद्घता पनि व्यक्त गरे ।