फ्लेरिडा । अर्बपति एलोन मस्कको कम्पनी स्पेसएक्सले शनिबार दिउँसो फ्लोरिडाको केप क्यानाभेरल प्रक्षेपण प्याडबाट आफ्नो फाल्कन ९ रकेट अन्तरिक्षमा पठाएको छ । ड्र्यागन अन्तरिक्ष यानलाई अन्तरिक्षमा पुर्याउने यो रकेटमा नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्ज्यान्डर गोर्बुनोभ रहेका छन् ।
जुन ५ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका भारतीय मूलका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई ड्र्यागन अन्तरिक्ष यानमार्फत पृथ्वीमा फिर्ता ल्याइनेछ । चार सिटको यो रकेटमा दुई सिट खाली राखिएको छ ।
फाल्कोन ९ को लागि प्रयोग गरिएको नयाँ लन्च प्याडमा चालक दलका सदस्य मिसनका लागि पहिलो प्रयोग थियो । नासा प्रमुख बिल नेल्सनले पोस्टमा भने, ‘नासा र स्पेसएक्सलाई सफल प्रक्षेपणको लागि बधाई, हामी ताराहरूमा अन्वेषण र नवीनताको रोमाञ्चक अवधिमा बाँचिरहेका छौँ ।’
सुनिता विलियम्स र बुच विल्मोरलाई यस वर्षको जुन ५ मा बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा आईएसएसमा पठाइएको थियो । दुवै जना जुन १३ मा फर्किने थियो तर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरुको फिर्ती स्थगित भएको थियो ।
सुनिता र बुच विल्मोरलाई यस वर्षको जुन ५ मा बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा एक सय १६ दिनसम्म अन्तरिक्षमा फसेको थियो । दुवै त्यहाँ सेप्टेम्बर २९ सम्म एक सय १६ दिन बसेका छन् ।
नासा प्रमुखले अगस्ट २४ मा सुनिता विलियम्स र बुच ६ महिनापछि सन् २०२५ को फेब्रुअरीसम्म पृथ्वीमा फर्किने बताएका थिए । नासाले बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा अन्तरिक्ष यात्री ल्याउनु खतरनाक हुनसक्ने स्वीकार गरेको थियो ।
नासाले सुनिता र बुच विल्मोर फेब्रुअरीमा एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्र्यागन स्पेसक्राफ्टमा फर्कने बताएको थियो ।