काठमाडौं असार १९ तीनवटा लघुुवित्तवित्तीय संस्थाले यही असार २९ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । धनगढीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको एनआरएन लघुुवित्त वित्तीय संस्था, कैलालीमा केन्द्रीय कार्यालय रहेको १५ जिल्ला कार्यक्षेत्र भएको किसान माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था र काभ्रेको भकुुण्डेबेँसीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको दिव्य लघुुवित्तवित्तीय संस्थाले यही असार २९ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुुन् । एकीकृत कारोबारपश्चात् बन्ने संस्थाको नाम भने एनआरएन लघुुवित्तवित्तीय संस्था नै रहनेछ ।