काठमाडौं असार १९
गरिमा विकास बैंकले कर्जाको ब्याज छुुट दिने घोषणा गरेको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकको वैशाख १६ गतेको निर्देशनअनुसार वैशाख, जेठ र असार महिनाको ब्याजमा दुुई प्रतिशत छुुट दिने निर्णय गरिएको थियो । तर, योबाहेक असार महिनाको ब्याज रकम भने राहतस्वरूप पूरै छुट दिने निर्णय गरिएको बैंकले जानकारी दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले चैत ११ गतेदेखि घोषणा गरेको देशव्यापी लकडाउनका कारण यात्रुुबाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्यधिक प्रभाव परेको देखिएकाले सुरक्षणको रूपमा रहेको सम्बन्धित सवारीसाधन समेत धितो राखी विकास बैंकले यात्रुुबहाक कालो नम्बर प्लेट र पर्यटको सवारीको लागि प्रयोग हुने हरियो नम्बरप्लेटको सवारी साधन अर्थात् बस, मिनिबस, माइक्रो बस, जीप र ट्याक्सीलगायत खरिदको लागि हायर पर्चेज शीर्षकमा कर्जा उपयोग गरेका ग्राहकरुलाई ब्याज छुुट दिने घोषणा गरेको हो ।
यो छुुटले ग्राहकहरूलाई थोरै भए पनि राहत पुुग्ने विश्वास बैंकले लिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ करोड ६४ लाख १९ हजार एक सय ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४३ करोड २५ लाख ४० हजार आठ सय ९१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३६ अर्ब ५० करोड ७९ लाख ५२ हजार नौ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २३ करोड ५५ लाख ८२ हजार छ सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले २९ अर्ब ७६ करोड २५ लाख रुपैयाँ निक्षेप संंकलन गरी २८ अर्ब २१ करोड नौ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब दुुई करोड ३९ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २६ प्रतिशत रहेको थियो ।