काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरूको चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र एक रूपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । असोज ८ गतेदेखि असोज २३ गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक पाँच जना भाग्यशाली सेवाग्राहीहरूले एक रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको एक रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।
साथै, आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरूले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउन सक्ने छन् । चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ ।