काठमाडौं असार १९ नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा पुुरुषोत्तम सुवेदी नियुक्त भएका छन् । दोस्रो निर्णय नभएसम्मको लागि नेपाल सरकारको निर्णयअनुसार सुुवेदीलाई कामकाज गर्ने जिम्वेवारी तोकिएको जानकारी कम्पनीले दिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेशकुमार गुरागाई रहेका थिए । गुरागाईको कार्यकाल समाप्त भएपछि सुवेदीलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नियमावली नियम २७ को उपनियम २ बमोजिम नेपाल सरकारद्वारा सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गुरागाईको कार्यकाल यही असार १४ गतेबाट समाप्त भएको हो ।