काठमाडौं । विजय कुमार शाहको परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि चार करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
शाह परिवारले आइतबार पहिलो चरणमा एक करोड रुपैयाँ केआईओसिएचलाई प्रदान गरिसकेको छ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने जनाइएको छ । यस्तै, शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसीयू नामाकरण गरिने जनाएको छ । गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजीआईएनएफ)ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । यद्यपि, यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी तीन करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिकरूपमा प्रदान गरिने जनाइएको छ ।
यस नयाँ पीएसआईसीयू र डे केयर सर्जरी शाखाद्वारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ । स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जाने बताइएको छ ।