काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले असोज ११ र १२ गतेको भीषण वर्षाका कारण देशभर जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै विपत् प्रभावितहरूलाई निःस्वार्थ सहयोग गर्ने जनाएको छ ।
महासंघले आफ्ना सबै सदस्य व्यवसायीहरूलाई अपिल गर्दै सर्वसाधारण पीडित सर्वसाधारण जनताको सहयोगमा जुट्न भनेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले देशभरका व्यवसायी साथीहरूलाई विपत् प्रभावितहरूलाई निःस्वार्थ सहयोग गर्न अपिल गरिएको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पाण्डेले बाढी, पहिरो र डुबानबाट केही पार्टी प्यालेसको भौतिक संरचना र उपकरणहरूमा दुःखदायी क्षति भएकोे जानकारी समेत दिए । महासंघका महासचिव हिम किशोर राईले अतिप्रभावित सर्वसाधारण नागरिकलाई आफूहरूले सक्दो सहयोग गर्न तत्पर रहको बताए । महासंघका प्रवक्ता गोकुल देशारले विपदको समयमा प्रभावित व्यक्तिहरुलाई सक्दो सहयोग गर्न व्यवसायीहरुसँग समन्वय भइरहेको जानकारी दिए ।