काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक पाँच गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आफ्नो १५औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब १० करोड रूपैयाँमध्येबाट पाँच प्रतिशतका दरले हुन आउने १० करोड ५० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनका लागि ५५ लाख २६ हजार तीन सय १६ रूपैैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीको रहेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही असोज १८ गतेदेखि कात्तिक पाँच गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।