काठमाडौं । एनएलजी इन्स्योेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ६२ प्रतिशत अर्थात् ६२ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । सोही आधारमा कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले यही असोज १४ गते यो कम्पनीहरूलाई मागअनुसारको हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।
कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैैयाँ पुग्नेछ ।