काठमाडौं, असार १९ कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २ सय ७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७ सय ६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३ सय ३८ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १ सय ५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९ सय ५३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार ७ सय ९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९ सय ८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १ सय ४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार २ सय ७० जनाको मृत्यु भएको छ । युरोपमा २४ लाख ६४ हजार ४ सय २९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार २ सय ८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ । अफ्रिकामा ४ लाख २१ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ६ सय ४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।