ललितपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले बुधबार एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्यबाट संयुक्तरूपमा उद्घाटन सु–सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरू तथा सिनियर एजेन्सी मेनेजरलगायत अभिकर्ताहरू सामेल भएका थिए । ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नति गरी स्थानान्तरण गरिएको र आगामी दिनहरूमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।