काठमाडौं । शाओमी नेपालले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको दशैँलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दशैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको हो ।
यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । क्याम्पेनअन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ । यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमईआई वान नम्बरलाई ३६००० मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाउँदा एमआई टाईप गरी एक स्पेस दिएर आईएमईआई १ नम्बर टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।
साथै, ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा चार हजार रूपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ । उक्त विशेष अफर भने भदौ ३० देखि नै सुरु भएको र कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।