काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृषि विज्ञ शरदचन्द्र श्रेष्ठ मनोनित भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ८५औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा कृषिविज्ञ श्रेष्ठलाई मनोनित गरिएको हो ।
पाल्पा घर भई हाल टोखा, काठमाडौं निवासी श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिव र गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरेका थिए । उनको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सहकारी, सरकारी तथा गैरसरकारी सरोकारवालाहरूसँगको सहकार्य र लगानीकर्ताहरूको विश्वासमा थप टेवा पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।