काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज ३० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका एजेन्डा पारित गर्ने छ ।