काठमाडौं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रे तेमाल गाँउपालिका वडा नं. ९ का ३७ वर्षीय चनिकलाल तामाङलाई सम्मान गरेको छ । कम्पनीले ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएकामध्ये दुई जनालाई सकुशल उद्धार गर्न सफल तामाङलाई सम्मान गरेको हो ।
बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले तामाङलाई सम्मान गरेका हुन् । उनलाई कम्पनीले ३० लाख बीमाङ्क रकमको बीमालेखसहित ११ हजार नगदसहित सम्मान गरेको हो । प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले तामाङलाई रियल हिरोको संज्ञा दिँदै स्वतस्फुर्तरूपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताउँदै प्रोत्साहनस्वरूप सम्मान गरिएको बताएका छन् ।