काठमाडौं । नेपाल एसबीआई बैंकले हरियाली प्रवद्र्धन गर्न विराटनगर महानगरपालिकालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी–रानी डिभाइडर सौन्दर्यीकरण समिति, विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा वृक्षारोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, रविन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर, नागेश कोइरालालाई औपचारिकरूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।
बैंकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।