काठमाडौं । नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले ‘स्काइवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा गरेको छ ।
कम्पनीले चाडपर्वको अवसरमा ल्याएको सो अफरमा भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत विजेता बनेकी थिइन् । उनले माइक्रोवेभ उपहार जितेकी छन् । नीताका श्रीमान् पूर्णेन्दु बराललाई कम्पनीका प्रतिनिधि अमित ठाकुरले उपहार हस्तान्तरण गरेका थिए । साथै सो अफरको बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन् भने स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुट पाउनेछन् ।
स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउने गरेको छ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।