काठमाडौं । असोज १० देखि १२ सम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग गरेको छ । भारी वर्षाले देशभरि ठूलो क्षति पुर्याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरूमा सहायताको आवश्यकता छ ।
यो योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । वाग्मती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्रलगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा दुई सयभन्दा बढीको मृत्यु भएको छ, एक सय ५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन् । राजमार्गहरू, जलविद्युत् स्टेसनहरू र सडकहरूसहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए, जसका कारण १३ हजारभन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो ।