काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रालिले कान्तिपथमा बाइक माइनडेडलाई होन्डाका जेन्युइन पार्ट्सका लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । यसले मोटरसाइकल उत्साहीहरूलाई उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो साझेदारीले होन्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो स्रोत सुनिश्चित गर्छ, जसले उनीहरूको बाइकलाई होन्डाको गुणस्तर मापदण्डअनुसार राम्रो अवस्थामा राख्न मद्दत गर्दछ । होन्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइनडेडले शार्क, नोलान र एसएमकेजस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेल्मेटहरू पनि उपलब्ध गराउने जनाइएको छ । यी हेलमेटहरू सुरक्षा, आराम र नयाँ डिजाइनका लागि प्रसिद्ध छन् । राइडरहरुले यहाँ सेगुरा र बेरिङका उच्चस्तरका राइडिङ गियरहरू पनि पाउने कम्पनीले जनाएको छ । यसले टिकाउपन, आराम र अत्याधुनिक प्रविधिको लागि ख्याति प्राप्त गरेका छन् ।
साथै, बाइक माइनडेडले ट्रिप मेसिन कर्पोरेसनबाट एक्सेसोरीहरू पनि उपलब्ध गराउने बताएको छ । बाइक माइनडेड मोटरसाइकलका सबै आवश्यकताहरूका लागि भरपर्दो स्टोर रहेको दाबी गरिएको छ । बाइक मर्मत गर्न होस्, गियर अपग्रेड गर्न होस् वा एक्सेसोरीहरू थप्न होस् बाइक माइनडेडले सहयोग गर्ने जनाइएको छ ।