काठमाडौँ । अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले राहत सामग्री सहयोग गरेको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुखलाई सङ्घले मंगलबार खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।
सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको बताए । भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै घाइतेहरुको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।