काठमाडौं । आफू ठगिएको भन्दै एक व्यक्तिले सञ्चारमाध्यमसमक्ष हारगुहार गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोल निवासी बाशुदेव अमात्यले आफू ठगीमा परेको र हालसम्म कहीँकतैबाट पनि सुनुवाइ नभएको भन्दै सञ्चारमाध्यमसमक्ष हारगुहार गरेका हुन् ।
आफू ठगीमा परेको बारेमा अमात्यले सञ्चारमाध्यमलाई लेखेको पत्रमार्फत भनेका छन्, ‘म ललितपुर महानगरपालिका १० कुपण्डोल निवासी बाशुदेव अमात्यलाई ऐ ऐ निवासी टेकबहादुर अमात्यका छोरा अनिल बहादुर अमात्यले भक्तपुर मालपोत कार्यालय नंङखेल पञ्चायत वडा नं १(ख) कि नं ८१, ८२ र ९० का ३ कित्ता जग्गा क्षेत्रफल ४२ आना अक्षेरुपी १५ लाख रुपैयाँमा मेरो नाउँमा पास गराइदिन्छु भनी पटक–पटक गरी छ लाख रुपैयाँ (मिति २०७३ सालमा घरायसी तमसुक गरी बैनापट्टा लिएको थियो । सो उपर्युक्त लेखिएको जग्गा दिन्छु भनेर पटक–पटक आश्वासन दिएको र हालसम्म पनि जग्गा पास नगरेको हुँदा निज अनिल बहादुर अमात्यले ठगी गरेको बुझियो ।’
ठगी कार्यमा संलग्न भएको आरोप लागेका व्यक्ति अनिल बहादुर अमात्यविरुद्ध भक्तपुर कमलविनायक निवासी पूर्णसिंह लामाले पनि सोही जग्गा क्षेत्रको कि.नं. ८१, ८२ र ९० को दुई रोपनी १० आना जग्गा पास गरिदिन्छु भनेर बैनाबापत दुई लाख रुपैयाँ लिएको र हालसम्म पनि उक्त जग्गा पास नगरिदिएको भन्दै सोही बेहोराको पत्र ललितपुर महानगरपालिका वडा नं. १० लाई पत्र लेख्दै जग्गा पास वा लिएको पैसा फिर्ता गरिदिन आग्रह गरेको पत्रमा उल्लेख छ ।