इलाम । हात्ती आक्रमणबाट इलामको चुलाचुलीमा गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । चुलाचुली–१ घर भएका राई वडा २ को निगुरेमा खेतीपाती गरी बस्दै आएका थिए ।

गाउँ पसेका हात्ती खेदाउन जाँदा सोमबार बेलुका हात्तीको आक्रमणमा परी घाइते भएका राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । राईको गए राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।