काठमाडौं । पछिल्लो एक वर्षमा विकास बैंकहरूको चुक्ता पुँजी दुई अर्ब रुपैयाँँ बढेको छ । नेपाल राट्र बैंकले नियमनकारी क्षमतालाई सुदृढ र सुशासनयुक्त बनाउनको लागि मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गरेपछि धेरै विकास बैंकहरू वाणिज्य बैंकहरूसँग गभिए । अहिले १७ वटा विकास बैंकहरू सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्म विकास बैंकहरूको कुल चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँँ कायम भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९६ करोड ४० लाख रुपैयाँँ बढी हो । गत वर्ष साउनमा विकास बैंकहरूको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँँ थियो ।
गत साउनमा लुम्बिनी विकास बैंकको चुक्ता पुँजी तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँँ पुगेको छ । यस्तै, कामना सेवा विकास बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा नारायणी डेभलपेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गर्दा कर्णाली डेभलपमेन्ट बैंकले ५० करोड २८ लाख ३० हजार रुपैयाँँ कायम गरेको छ । यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गर्दा मितेरी डेभलपमेन्ट बैंकले एक अर्ब एक करोड ५० लाख एक हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकले भने ५१ करोड ९० लाख रुपैयाँँ चुुक्ता पुँजी कायम गर्दा ज्योति विकास बैंकले चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गर्दा गरिमा विकास बैंकले पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ । सिन्धु विकास बैंकले भने पछिल्लो अवधिमा ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गर्दा मुक्तिनाथ विकास बैंकले सात अर्ब चार करोड ४९ लाख ३८ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा चार अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँँ चुक्ता पुँजी कायम गर्दा महालक्ष्मी विकास बैंकले चार अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ । एक्सेल डेभलपमेन्ट बैकले भने पछिल्लो अवधिमा एक अर्ब २४ करोड ९६ लाख ९० हजार रुपैयाँँ चुक्ता पुँजी कायम गर्दा साल्पा विकास बैंकले ३५ करोड रुपैयाँँ चुुक्ता पुँजी कायम गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा ८३ करोड ४३ लाख ४० हजार रुपैयाँँ चुक्ता पुँजी कायम गरेको छ ।