पोखरा । कास्की जिल्ला अदालत, सहिदचोक आसपास जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । प्रहरी र कार्यकर्ताबीच निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा धकेलाधकेलसमेत भएको छ ।
रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा अहिले पनि सहिदचोकमा नाराबाजी गरिरहेका छन् । रास्वपा नेता कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।