बेइजिङ । चीनले सन् २०२४को तीन त्रैमासमा उच्च आर्थिक वृद्धि प्राप्त भएको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)को तथ्याङ्कले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार दोस्रो त्रैमासमा चार दशमलव सात प्रतिशत र तेस्रो त्रैमासमा चार दशमलव छ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।
तीन त्रैमासमा चीनको जीडीपी चार दशमलव आठ प्रतिशतले बढेर ९४ दशमलव ९७ ट्रिलियन युआन (करिब १३ दशमलव ३४ ट्रिलियन डलर) पुगेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनबीएसका उपनिर्देशक शेङ लाययुनले पहिलो तीन त्रैमासिकको आर्थिक कार्यसम्पादनका आधारमा र वृद्धिशील नीतिगत उपायहरु कार्यान्वयनमा आएसँगै रिकभरीका लागि अनुकूल अवस्था बढ्दै गएको र पाँच प्रतिशत पुग्ने विश्वास व्यक्त गरे ।