काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको यही कात्तिक एक गते बसेको सञ्चालक समितिको तीन सय ४०औँ बैठकले पाण्डेलाई पुनः प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । कम्पनीका अनुसार पाण्डेलाई आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।