काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादक कम्पनी मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरू प्यारासुट एड्भान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज काठमाडौंमा विस्तार गरेको छ ।
यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एड्भान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक–एक पाइलासँग पनि साझेदारी गरेको जनाएको छ । यस सहकार्यमार्फत प्यारासुट एड्भान्स्ड बेबी र एक–एक पाइलाले अत्यधिक खाँचोमा परेका कमजोर पृष्ठभूमिका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन् । यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ । ‘हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ’, एक–एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, ‘प्यारासुट एड्भान्स्ड बेबीसँगको यो पहलमार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ ।’
विशेषगरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एड्भान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिङ क्रिम, टियर–फ्रि स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन् । कम्पनीका अनुसार प्रत्येक उत्पादन भर्जिन नरिवलको तेलले भरिएको छ । साथै बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको छ । नरिशिङ क्रिमले रातोपन र दागहरूबाट जोगाउन चौबीसै घण्टा मोइस्चराइजेसन प्रदान गर्छ भने टियर–फ्रि स्याम्पुले कपाल बिस्तारै कपाल सफा र कन्डिसन गर्छ । भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिन्छ र रिफ्रेसिङ पाउडरले जलन–मुक्त आरामका लागि अतिरिक्त मोइस्चर अवशोषित गर्छ ।
प्यारासुट एड्भान्स्ड बेबी नवजात शिशुहरूको नाजुक छालाको स्याहार गर्न र उनीहरूलाई समग्र कल्याण प्रदान गर्न समर्पित रहेको कम्पनीको दाबी छ । एक–एक पाइलासँगको मोर्चामा सामेल भएर मारिकोले नेपालका असंख्य शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।