काठमाडौं, असार २२
सेयर बजार स्थिर देखिएको छ । साताको सुरुवाती कारोबार आइतबार बजार परिसूचक सात दशमलव ७७ अंकले उकालो लागेर १२ सय ६३ दशमलव ६८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि शून्य दशमलव ३१ अंकले उकालो लागेर दुुई सय ६९ दशमलव ३४ अंकमा चढेको छ । यसदिन एक सय ७२ वटा कम्पनीहरूको २० हजार चार सय ७४ वटा कारोबार भएका छन् । जसअनुसार २८ लाख छ हजार आठ सय ९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब तीन करोड ३९ लाख ९० हजार दुई सय ३१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसुअनसार सातवटा समूहको सूचक उकालो लागेका छन् भने पाँचवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७१ अंकले उकालो लागेर एक हजार ८५ दशमलव ८७ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक आठ दशमलव ८६ अंकले उकालो लागेर दुई हजार आठ सय ५४ दशमलव ४५ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २७ दशमलव तीन अंकले उकालो लागेर पाँच हजार पाँच सय आठ दशमलव ३४ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय १९ दशमलव ९३ अंकले उकालो लागेर सात हजार पाँच सय ४१ दशमलव ३५ अंकमा चढेको छ । यीबाहेक होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः सात दशमलव १८, १५ दशमलव ११ र १९ दशमलव ८३ अंकले उकालो लागेका छन् ।
यसदिन विकास बैंक समूहको सूचक ११ दशमलव ११ अंकले ओरालो लागेर १६ सय ५९ दशमलव ९३ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक दुुई दशमलव ८५ अंकले ओरालो लागेर नौ सय २१ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी ट्रेडिङ, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ७५ दशमलव २५, छ दशमलव २७ र शून्य दशमलव १७ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८६ पैसाले बढेर छ सय तीन रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँले बढेर १५ सय ५० रुपैयाँमा किनबेच भएको छ । यी बाहेक सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, स्पर्श लघुुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य १० रुपैयाँले घटेर दुुई हजार पाँच सय ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा भने परेको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि १० रुपैयाँले घटेर एक सय १७ रुपैयाँमा कारोबार भएको छ । यसैगरी अपी पावर लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता चार सय रुपैयाँ अन्तिम मूल्यमा १५ करोड १२ लाख ४१ हजार नौ सय ८७ रुपैयाँको किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता ११ सय ८० रुपैयाँ अन्तिम मूल्यमा १० करोड २६ लाख ५८ हजार सात सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक नबिल बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।