काठमाडौं, असार २२
साधना लघुुवित्त वित्तीय संस्थाले साधारण सेयरको बिक्री खुला गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी सात करोड सात लाख ८० हजार रुपैयाँबराबरको सात लाख सात हजार आठ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । संस्थाका अनुसार ग्लोबल आईएमई क्यापिटलमार्फत यही असार २१ गते अर्थात् आइतबारबाट खुला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा असार २४ गते र ढिलोमा साउन चार गते बन्द हुुनेछ ।
बिक्री खुला गरिएको कुुल सेयरमध्येमा शून्य दशमलव ५० प्रतिशत अर्थात् १० हजार आठ सय ९० कित्ता कर्मचारीहरूको लागि एवं पाँच प्रतिशत अर्थात् ३५ हजार तीन सय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुुट्याइएको छ । यसबाहेकको बाँकी सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने संस्थाले जनाएको छ ।
सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ३० करोड र जारी पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुुग्नेछ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९० लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९९ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड १६ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ५२ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ५० लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले १६ करोड ८१ लाख ८९ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८१ करोड ५३ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९९ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य दुुई प्रतिशत रहेको थियो ।