काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् राहत वितरण गरिएको जनाइएको छ । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । उक्त अवसरमा अध्यक्ष डा. बद्री केसीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।