बेरुत । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित बैंकहरूलाई निशाना बनाएर हमाला गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले यसको पुष्टि गरेको छ । टाइम्स अफ इजरायलका अनुसार अल–कर्द अल–हसन एसोसिएसनले हिजबुल्लाह सदस्यहरूलाई ब्याजरहित ऋण उपलब्ध गराउँछ । लेबनानमा यसका ३१ शाखाहरू छन् । यीमध्ये कति शाखामा आक्रमण भएको छ भन्ने जानकारी भने आएको छैन ।
आईडीएफले भनेको छ कि हामीले हिजबुल्लाहलाई युद्धका लागि पैसा उपलब्ध गराउनबाट रोक्न बैंक शाखाहरूलाई लक्षित गर्दैछौँ । अल–कारद अल हसनले इजरायलविरुद्ध हिजबुल्लाहले प्रयोग गरेको ठूलो रकममा पहुँच थियो ।
एक इजरायली गुप्तचर अधिकारीले अल–कारद अल–हसनको पैसा हिजबुल्लाहले आफ्ना लडाकुहरूलाई तलब दिन प्रयोग गरेको बताएका छन् । यो आक्रमण ठूलो घटना हो । यसले हिजबुल्लाहको अर्थतन्त्रमा गहिरो प्रभाव पार्नेछ । उनले भने कि यस बैंकमा हिजबुल्लाहको पैसा छ, तर यसले सबै पैसा ह्यान्डल गर्दैन ।