बेइजिङ । चीनको विदेशी विनिमय बजारले यस आर्थिक वर्षको पहिलो तीन त्रैमासमा ३० दशमलव २७ ट्रिलियन डलरको कारोबार गरेको छ । यो कारोबार गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १० प्रतिशत बढी हो ।
विदेशी विनिमयको राज्य प्रशासनका उपप्रमुख ली होङयानले पत्रकार सम्मेलनमा विदेशी मुद्राको बिक्री सन्तुलन तर्फ अघि बढेको र स्वदेशी निकायहरुबीचको विनिमय दरको अपेक्षा स्थिर रहेको र विदेशी विनिमय कारोबारहरु व्यवस्थित र समझदाररुपमा सम्पन्न भएको उल्लेख गरेका छन् ।
चीनमा सीमापार पुँजी प्रवाह वर्षको सुरुदेखि नै सन्तुलित रहेको र विदेशी विनिमय बजारले बलियो लचिलोपन देखाएको छ । चीनको विदेशी मुद्रा बजारको बढ्दो परिपक्वता र लचिलोपनले बाह्य परिवर्तनसँग अनुकुलन गर्ने क्षमतालाई बढाएको छ र देशको भुक्तानी सन्तुलनमा स्थिरता कायम राख्न ठोस समर्थन प्रदान गरेको लीले बतााएका छनन् ।