काठमाडौं, असार २२
बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तता लागि पाँच लाख, १८ घातक रोगहरूको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुविधा रहेको छ ।
यस खातामा रहेका सुविधाहरूको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बीओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आइरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएका छिए । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ कारोबार गर्दै आएकी श्रेष्ठले औषधि उपचारको लागत खर्चबापत नियमबमोजिम भुक्तानी पाएकी छिन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ ।