काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको निष्काशन प्रक्रिया स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई कम्पनीको हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ८२ लाख ७९ हजार सात सय कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेलगत्तै कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गर्ने तयारी गरेको छ ।