काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ४२ लाख ८० हजार आठ सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड १६ लाख ९० हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालु आवको पहिलो त्रैमासमा नौ अर्ब ६४ करोड ८१ लाख चार हजार छ सय १४ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४१ करोड छ लाख १० हजार एक सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड १६ लाख नौ हजार नौ सय ७९ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले नौ अर्ब ५२ करोड ५५ लाख ३७ हजार तीन सय ८२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३४ करोड ६४ हजार पाँच सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ३७ लाख तीन हजार ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।