काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले व्यवस्थापन तालिम दिएको छ । संस्थाले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक बजेट समीक्षा कातिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत तथा शाखा प्रमुखहरूलाई चितवनको होटल प्याराडाइज, सौराहामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीबाट सहभागीहरूलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।
साथै बजेट समीक्षाअन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल गरेको संस्थाले जनाएको छ ।