काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले बधाञ्जली ट्रेडलाई सम्मान गरेको छ । कम्पनीले हालै सुरू गरेको ‘स्काई वर्थ सपना साकार’ योजनाअन्तर्गत बधाञ्जली ट्रेड डिलर पार्टनर रहेको छ । काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडले सो योजनाका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै स्काईवर्थले बधाई र सम्मान गरेको हो । बधाञ्जली ट्रेडबाट चौथो हप्ताको लक्की ड्र विजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए । साथै, उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रालिका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरूप माइक्रोवेभ ओभन उपहार दिएका थिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।
यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरूप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गरेको छ । साथै, ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि रहेका छन् ।