काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरूलाई ग्रान्ड होटेल पोखरामा २०८१ कात्तिक ९ र १० गते एक रात दुई दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्रान्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, ट्रेनर तथा लाइफ कोच रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट पाँच जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीको ब्रान्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली)ले अभिकर्तामार्फत सामाजिकरूपमा सेवा प्रदान गराउँदै व्यावसायिकरूपमा अर्थाेपार्जन गर्न सकिने बताए । महिलाहरूले गृहिणीको रूपमा मात्र सीमित नरही व्यावसायिकरूपमा अभिकर्तामार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेका थिए ।