काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्ने साधारण सेयरका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । मुनलाइट हाइड्रोपावर कम्पनीको सर्वसाधारणमा बिक्री गरिने एक सय रूपैयाँ अंकित दरका एक अर्ब ७६ करोड १० लाख पाँच हजार रुपैयाँ बराबरको एक करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धीसम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२ दशमलव १४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत् आयोजना निर्माण गरी हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।