भक्तपुर । खरिपाटीस्थित घुमाउनेमा चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस मंगलबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जानकारी दिए । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।
बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले जानकारी दिए । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युतको खम्बासमेत भाँचिएको उनले बताए ।