काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २७ अंकले उक्लिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ४६ दशमलव ८९ अंकले उकालो लागेर २६ सय ९२ दशमलव शुन्य पाँच बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३३ अंकले उकालो लागेर चार सय ८१ दशमलव २८ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ६८ हजार छ सय १४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।