काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षकोे पहिलो त्रैमासमा करिब साढे ११ अर्ब रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यस आर्थिक वर्षको साउनदेखि असोजसम्म ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबर बीमाशुल्क सङ्कलन गरेका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या छ लाख ६८ हजार एक सय ४० रहेको छ ।
सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब १७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसपछि शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब १२ करोड रुपैयाँबराबर बीमाशुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ अर्ब ८८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९० करोड नौ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ८३ अर्ब ७६ करोड रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । यस्तै एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्मपनीले ५७ करोड ३९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ४१ करोड ७६ लाख रुपैयाँबराबर बीमाशुल्क आर्जन गरेको छ ।
सञ्चालनमा रहेका चार वटा लघु बीमक कम्पनीहरुले १८ करोड ५६ लाख रुपैयाँ बीमशुल्क सङ्कलन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पाँच करोड ५० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले चार ककरोड ६१ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चार करोड १८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले चार करोड २६ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।
निर्जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीले सङ्कलन गरेको कुल बीमाशुल्क ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ छ ।