काठमाडौं । सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ३० लाख ५८ हजार सात सय १२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ लाख २९ हजार नौ सय ४२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब ६५ करोड १५ लाख ७० हजार ५७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ७९ लाख ११ हजार चार सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई करोड ५८ लाख ५७ हजार दुई सय २५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा ११ दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने बैंकले पाँच अर्ब ८७ करोड ७३ लाख ४८ हजार दुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६३ करोड ५७ लाख ४७ हजार तीन सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५७ लाख ७३ हजार आठ सय ३१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।