काठमाडौं । समृद्धि फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ८२ लाख पाँच हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ९८ लाख ८७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ४२ करोड ७३ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड ६६ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ९५ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको फाइनान्समा २३ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।